लेखक संघका अध्यक्ष तीर्थलाई लेकसिटीको सम्मान

पाेखरा | चैत २५, २०७८

लेखक संघका अध्यक्ष तीर्थलाई लेकसिटीको सम्मान

पोखरा,२४ चैत । नेपाली लेखक संघका नवनिर्वाचित अध्यक्ष तीर्थ श्रेष्ठ सम्मानित भएका छन् । पोखराको सक्रियमध्ये एक लायन्स क्लब अफ पोखरा लेकसिटीले बिहीबार उनलाई सम्मानित गरेको हो ।

साहित्य र संस्कृतिको क्षेत्रमा पु¥याएको योगदानको कदर तथा नयाँ जिम्मेवारी प्राप्त भएपछि पोखरेली श्रष्टाको नाताले उनलाई सम्मान गरिएको क्लबका अध्यक्ष कैलाशभक्त पालिखेले जानकारी दिए । नेपाली वाङ्मयका हस्तीलाई सम्मानित गरिरहँदा लेकसिटी स्वयं सम्मानित भएको बताए । उनले कवि तीर्थको नेतृत्वमा लेखक संघको अध्यक्षको रुपमा सफलताको कामना पनि गरे । लायन्सका पूर्व मल्टिपल काउन्सील अध्यक्ष दीपक श्रेष्ठ, लायन्स क्लब ३२५ ‘के’ का नवनिर्वाचित गभर्नर राजेन्द्र बाटाजुसहितले सम्मानपत्र र दोसल्लाले सम्मानित गरेका थिए ।

कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व नेपाली लेखक संघका अध्यक्ष तीर्थ श्रेष्ठले समुन्नत समाज निर्माण एवं कला र साहित्यको उत्थानको लागि लायन्सले खेलेको भूमिका सह्रानीय भएको बताए । विन्ध्यवासिनी धार्मिक विकास समितिका सचिवसमेत रहेका उनले त्यहाँ पु¥याएको योगदानको  पनि स्मरण गरे । हामी सेवा गर्छौं भन्ने भावनालाई लायन्सले व्यवहारमै देखाएको पनि उनले उल्लेख गरे ।

प्रमुख अतिथि लायन्सका पूर्व मल्टिपल काउन्सील अध्यक्ष दीपक श्रेष्ठले कला र साहित्य समाजको ऐना भएको बताउँदै त्यसको उत्थानले समग्र समाजलाई नयाँ दिशा दिने धारणा राखे । लायन्स क्लब ३२५ ‘के’ का नवनिर्वाचित गभर्नर राजेन्द्र बाटाजुले गभर्नरको रुपमा आफ्नो कार्यकाल सुरु भएको र समाज सेवाको लागि योजनासहित अगाडि बढ्ने बताए ।

लायन्स क्लब ३२५ ‘के’ का प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर सुुचित्रा थापाले लायन्सको ध्यान सीमान्तकृत वर्गको उत्थानमा केन्द्रीत हुनुपर्ने बताइन् । लायन्स क्लब अफ पोखरा लेकसिटीका संस्थापक अध्यक्ष कृष्णमोहन श्रेष्ठले नेतृत्व निर्माणमा लायन्सले खेलेको भूमिकाबारे चर्चा गरे ।लायन्स क्लब अफ पोखरा गण्डकीकी अध्यक्ष सारदा पराजुलीले महिलाको क्षमता विकासको लागि लायन्सले खेलेको भूमिका प्रशंसनीय भएको जिकिर गरिन् ।

लायन्स लेकसिटीका सचिव विद्या मर्सानीका अनुसार सोही कार्यक्रममा लायन्स ३२५ के का गभर्नर,भाइस गभर्नर,सचिव र स्वरोजगार कार्यक्रमको संयोजक चयन भएकोमा क्रमशः राजेन्द्र बाटाजु,सुचित्रा थापा,मिनराज काफ्ले र टीकाराम सापकोटालाई सम्मानित गरिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्